सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सेनेगल अन्तिम १६ मा, इक्वेडर बाहिरियो

39
Sana Kishan

अफ्रिकी राष्ट्र सेनेगल कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा दक्षिण अमेरिकी टोली इक्वेडरलाई पराजित गर्दै सेनेगलले नकआउट चरणमा स्थान बनाएको हो । दोहाको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको समूह ‘ए’को खेलमा इक्वेडरलाई २–१ गोलले पराजित गर्दै सेनेगलले अन्तिम १६ मा स्थान बनाएको हो । सेनेगललाई दोस्रो पटक नकआउट चरणमा पु¥याउन स्माइला सार र कालिदौ कौलिबलीले एक÷एक गोल गरेका थिए । इक्वेडरका मोइसे काइसेडोले एक गोल फर्काए ।

खेलको ४४औं मिनेटमा स्माइलाले पेनाल्टीमा गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाएका थिए । इक्वेडरका एन्जेलो प्रिसेडोले स्माइला सारलाई पेनाल्टी बक्सभित्र फल गरेपछि सेनेगलले पेनाल्टी पाएको थियो । जसलाई स्माइलाले नै सदुपयोग गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६८औं मिनेटमा इक्वेडरले बराबरी गोल फर्काएको थियो । फर्नान्डो टोरेसको पासमा मोइसे काइसेडोले उत्कृष्ट गोल गरेका थिए । त्यसपछि ७०औं मिनेटमा कौलीबलीले गोल गर्दै सेनेगललाई दोस्रो पटक नकआउट चरणमा पुर्याए ।

 

Arus
Karnali Traders

सेनेगल दोस्रो पटक नकआउट चरणमा पुगेको हो । यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपमा सेनेगल क्वार्टरफाइनलसम्म पुगेको थियो । क्वार्टरफाइनलमा टर्कीसँग १–० गोलले पराजित भएको सेनेगलले सातौं स्थान हात पारेको थियो । अफ्रिकी राष्ट्र सेनेगलको विश्वकपमा चौथो सहभागिता हो । यसअघि सन् १९६६ मा विश्वकपमा छनोट भएर पनि प्रतियोगिताबाट नाम झिकेको थियो । त्यसपछि सन् १९९० को विश्वकपमा छनोट भएको सेनेगलले त्यतिबेला पनि नाम फिर्ता लिएको थियो । त्यसपछि १२ वर्षपछि सन् २००२ मा मैदान फर्किएको सेनेगलले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम आठको यात्रा तय गरेको थियो । सन् २००६, २०१० र सन् २०१४ को विश्वकपमा छनोट हुन नसकेको सेनेगल सन् २०१८ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो ।

सेनेगल उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको हो । सेनेगलले तीन खेलमा दुई जित र एक हारको नतिजासहित ६ अंक जोड्यो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–० गोलको पराजय बेहोरेको हार बेहोरेको सेनेगलले दोस्रो खेलमा आयोजक कतारलाई ३–१ गोलले पराजित गरेको थियो । समूह ‘ए’बाट नेदरल्यान्ड्सले विजेता र सेनेगलले उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनाउँदा इक्वेडर र कतार भने समूह चरणबाटै बाहिरिएका छन् । अन्नपूर्ण पोस्ट बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.