सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्व कपमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हरायो

फिफा विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत  सोमवार भएको दोस्रो खेलमा घानाले दक्षिण कोरियालाई हराएको छ ।

एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हरायो । पहिलो हाफमा घानाले २–० को अग्रता लिएको थियो । उसका लागि मोहम्मद सलिसुले २४ औँ र मोहम्मद कुदुसले ३४ औँ मिनेटमा गोल गरे ।

Sana Kishan

दोस्रो हाफको ५८ औँ र ६१ औँ मिनेटमा चो ग्यु सङले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काउने सङ्केत गरेका थिए । तर ६८ औँ मिनेटमा घानाका कुदुसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–२ को जित दिलाए ।

World Link Ads

यो जितसँगै घाना तीन अङ्कसहित समूह ’एच’ को दोस्रो स्थानमा उक्लिएको छ । दक्षिण कोरिया एक अङ्कसहित तालिकाको पुछारमा छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close