सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लाखौँमा पर्ने हरेक ग्राहकलाई उपहारमा वर्ल्डलिङ्कले दियो ४३ इन्चको स्मार्ट टिभी

64
Sana Kishan

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कोसेलीको रूपमा आफ्ना सात जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी प्रदान गरेको छ । कम्पनीले देशभरबाट छनौटमा परेका ग्राहकलाई स्मार्ट टिभी उपहार दिएको हो ।

देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले सेवा सुरु गरेको २७ वर्षमा सात लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी आफ्ना ग्राहकलाई टेलिभिजन दिएको हो ।

Arus

एक लाखदेखि सातौँ लाख नम्बरका ग्राहकलाई कोसेली प्रदान गरिएको वर्ल्डलिङ्कले जनाएको छ । टेलिभिजन कोसेली पाउनेमा मकवानपुर हेटौंडाका निरज बराइली, झापा बिर्तामोडकी मनिषा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर गठ्ठाघरका भीमबहादुर कुमाल, राष्ट्रबैंक चोक पोखराका रविन थापा र बालाजुका हुमनाथ अधिकारी छन् ।

बराइली वर्ल्डलिङ्कको इन्टरनेट सेवा लिने १ लाख नम्बरका ग्राहक हुन् । सन् २०१७ को मे मा वर्ल्डलिङ्कले एक लाख ग्राहक पु¥याएको थियो ।

यस्तै, बिर्तामोडकी राई वर्ल्डलिङ्ककी २ लाख नम्बरकी ग्राहक हुन् । सन् २०१८ मा कम्पनीको ग्राहक सङ्ख्या दुई लाख नाघेको थियो ।

Karnali Traders

बुटवलका थापा तीन लाख नम्बरका ग्राहक हुन् । उनी सन् २०१९ मा वर्ल्डलिङ्कको ग्राहक बनेका थिए । सोही वर्षको फेब्रुअरीमा वर्ल्डलिङ्कले तीन लाख ग्राहक बनाउन सफल भएको थियो ।

सुर्खेतका रोकाया, गठ्ठाघरका कुमाल, पोखराका रविन र बालाजुका अधिकारी क्रमशः चार लाख, पाँच लाख, छ लाख र सात लाख नम्बरका ग्राहक हुन् । उनीहरू सन् २०२० यता वर्ल्डलिङ्कको ग्राहक बनेका हुन् ।

सन् १९९५ मा सेवा सुरु गरेको वर्ल्डलिङ्कले गत नोभेम्बर १४ मा ग्राहकको सङ्ख्या सात लाख पु¥याएको हो । सबैभन्दा बढी ग्राहक कोभिड–१९ महामारीपछि थपिएको कम्पनीले जनाएको छ । सन् २०१९ को फेब्रुअरीसम्म तीन लाख ग्राहक बनेकोमा सन् २०२२ को नोभेम्बरसम्म नयाँ चार लाख ग्राहक थपिएका हुन् ।

देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिङ्कमा पाँच हजार जनाले रोजगारी पाएका छन् । देशका सातै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट पहुँच पुगिसकेको छ । बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङ जिल्लामा पनि चाँडै आफ्नो सेवा विस्तार गर्ने वर्ल्डलिङ्कले जनाएको छ ।

देशको कूल इन्टरनेट ट्राफिक मध्ये ४२ प्रतिशत हिस्सा वर्ल्डलिङ्कको छ । साथै कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाई–फाई एक्सप्रेसमार्फत निःशुल्क वाई–फाई सेवा समेत उपलब्ध गराउँदै आइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जानकारी अनुसार एउटा घर÷कार्यालयमा लिइएको इन्टरनेट कनेक्सन औसतमा ४.३ जना प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । यसलाई आधार मान्दा नेपालमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्या ३० लाख २४ हजारभन्दा बढी छ । टेकपाना बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.