सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्व कप फुटबलमा आज चार खेल : ब्राजिलले स्विट्जरल्यान्ड र पोर्चुगलले उरुग्वेसँग खेल्ने

फिफा विश्व कप फुटबलमा आज समूह ’जी’ र समूह ’एच’ का दुई–दुई खेल हुँदैछन् ।

पहिलो खेलमा समूह ’जी’ को क्यामरुन र सर्बिया खेल्नेछन् । यो खेल अल जानौबी स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । दोस्रो खेल अन्तर्गत समूह ’एच’ को अर्को खेलमा दक्षिण कोरिया र घाना बेलुका पौने सात बजे खेल्ने छन् । खेल एजुकेशन सिटी स्टेडियममा हुने छ ।

Sana Kishan

आजै हुने तेस्रो खेलमा समूह ’जी’ का ब्राजिल र स्विट्जरल्यान्ड राति पौने १० बजे खेल्दैछन् । ब्राजिल र स्विट्जरल्यान्ड आज दोस्रो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २–० गोलले पराजित गरेको थियो ।

World Link Ads

स्विट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो । त्यस्तै चौथो खेलमा पोर्चुगलले उरुग्वेसँग खेल्ने छ । समूह ’एच’ मा रहेको पोर्चुगल र उरुग्वेबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । पोर्चुगल दोस्रो र उरुग्वे पहिलो जितको खोजीमा हुनेछन्। उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close