सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज मधेस प्रदेशमा सार्वजनिक बिदा

33
Sana Kishan

रामसीता विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना दिँदै विवाह पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहेको बताउनुभयो । जनकपुरधामको निजी तथा सामुदायिक विद्यालयमा आजदेखि तीन दिनका लागि बिदा दिइएको छ ।

Arus
Karnali Traders

सीताराम विवाह पञ्चमी महोत्सवमा आउने तीर्थयात्रीको बास तथा भिडलाई ध्यानमा राखेर विद्यालयमा सार्वजनिक बिदा दिइएको हो ।

खास गरेर नेपाल तथा भारतको विभिन्न भूभागबाट ठूलो सङ्ख्यामा तीर्थयात्री जनकपुरधाम पुग्ने क्रम केही दिन अघिदेखि चलिरहेको छ । तीर्थयात्रीको सुविधाका लागि जनकपुरधाम जयनगर ब्रोडगेज रेल सेवालाई विस्तार गरेर आजदेखि दिनमा तीन पटक सञ्चालनमा ल्याइएको छ । सीताराम विवाह पञ्चमीको एक दिन अगाडि आजदेखि रामकलेवासम्म हरेक दिन तीन पटक रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले बताउनुभयो ।

कम्पनीले आइतवार, सोमवार र मङ्गलवार भारतको सिमानामा गर्ने जयनगर रेल्वे स्टेसनबाट कुर्थासम्म बिहान साढे ८ बजे, दिउँसो साढे १२ बजे तथा साढे ३ बजे जनकपुरधामका लागि प्रस्थान गर्ने जनाएको छ । जनकपुरधामबाट बिहान पौने ११ बजे दिउँसो १ बजेर ४० मिनेटमा र बेलुका सवा ५ बजे जयनगरका लागि रेल छुट्ने प्रबन्ध सञ्चालक झाले बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.