विश्व कप फुटबल अन्तर्गत समूह ’एफ’ को दोस्रो चरणको खेलमा मोरक्कोले बेल्जियमलाई २–० गोलले हराएको छ । कतारको अल थुमामा स्टेडियममा भएको खेलमा बेल्जियम मोरक्कोसँग पराजित भएको हो ।
मोरक्कोका लागि अब्देलहामिद साबिरीले ७३औँ मिनेटमा पहिलो गोल र इञ्जुरी समयको दोस्रो मिनेटमा जाकारिया अबोउखालले दोस्रो गरे । उनीहरु दुवै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।
पहिलो हाफको इञ्जुरी समयमा चियाचले गोल गरे पनि भीएआरले अफसाइड मान्यता दिएपछि पहिलो हाफ बराबरीमा सकिएको थियो ।

जितसँगै मोरक्कोले विश्व कपको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ । मोरक्को चार अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने पहिलो खेलमा क्यानडालाई पराजित गरेको बेल्जियम ३ अङ्कसहित दोस्रो स्थानमा छ ।

मोरक्कोले अब अन्तिम खेल क्यानडासँग खेल्नेछ । बेल्जियमले अन्तिम खेल क्रोएसिया खेल्नेछ । आज राति नै समूह ’एफ’ मा रहेका क्रोएसिया र क्यानडाबीच खेल हुँदैछ। उज्यालो अनलाइन बाट सभार
