
पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स विश्वकपको समूह ‘ए’अन्तर्गत शुक्रबार राति भएको खेलमा इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको छ। पहिलो खेलमा सेनेगललाई २–० को नतिजामा पराजित गरेको नेदरल्यान्ड्स आजको खेलमा जित निकाल्न सकेको भए एक खेल अगावै नकआउट चरणमा पुग्थ्यो।
तर, अब कतारविरुद्धको खेलको नतिजा पर्खनु पर्ने भएको छ। शुक्रबार खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको छैटौं मिनेटमा कोडी गाक्पोले गरेको गोलसँगै डच टिमले अग्रता लिएको थियो।


दोस्रो हाफमा आक्रामक शैलीमा मैदानम उत्रिएको इक्वेडरका लागि ४९औं मिनेटमा कप्तान इनर भ्यालेन्सियाले बराबरी गोल फर्काएका थिए।
शुक्रबार नै भएको समूह ‘ए’को पहिलो खेलमा सेनेगलले आयोजक कतारविरुद्ध ३–१ गोलको जित निकालेको थियो। नेदरल्यान्ड्सले समूह चरणको अन्तिम खेल कतारसँग र इक्वेडरले सेनेगलसँग खेल्ने भएको छ।
समूह ’ए’बाट कतार बाहिरि सकेको छ भने नेदरल्यान्डस, सेनेगल र इक्वेडरमध्ये एक टिम अन्तिम १६ मा पुग्ने छ। अन्नपूर्ण पोस्ट बाट सभार
