
डोटी प्रदेशसभा ‘१’ मा नेकपा एमालेका उम्मेदवार चक्र मल्ल विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन ।
नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका मल्लले १५ हजार २ सय ७९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सिंहले १४ हजार ८ सय २९ मत पाएका छन् । हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले ५ सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले ७ सय ५५ मत पाएका छन् ।


प्रदेश ‘१’ मा ३३ हजार ३ सय २२ मत खसेको थियो । जसमा १ हजार ९ सय १९ मत बदर भएको छ । यस्तै डोटीको प्रदेश सभा “ख” मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिव सिंह ओली विजयी भएका छन ।
प्रतिनिधि सभातर्फ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले भारी मतान्तरका साथ अगाडी रहेका छन् । गोदावरी न्युज बाट सभार
