सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बर्दिया क्षेत्र नं. २ बाट रेशम चौधरीका बाबु स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित

बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् । चौधरीले २६ हजार पाँच सय २० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत ल्याए ।

यसैगरी नेकपा एमालेका पङ्कजसिँह राठौरले १६ हजार ९० मत ल्याए भने राप्रपाका विनय राव लले १३ हजार दुई सय ९२ मत पाए । लालबीर रेशम चौधरीका बाबु हुन् । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको थियो ।

Sana Kishan

उपहार खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.