
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई निर्वाचित गराउने डडेल्धुराका नागरिकलाई धन्यवाद दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत् उहाँले आफूलाई अत्यधिक मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी गराएको भन्दै मतदातालाई आभार व्यक्त गर्नु भएको हो ।


बिहान सकिएको मतगणनामा देउवा २५ हजार ५ सय ३४ मतकासाथ विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभयो । अर्का उम्मेदवार नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याउनुभयो । उज्यालो अनलाइन बाट सभार
