सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदुरपश्चिममा निर्बाचनको लागी २५० भन्दा बढी स्थानहरूमा सेनाका टुकडीहरू तैनाथ !!

Far weast coaching ad
75
Sana Kishan

नेपाली सेनाले सुदूरपश्चिमका मतदानको लागी उचित सुरक्षा ब्यबस्था मिलाइएको जनाएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी विजय थापाले शुक्रबार आयोजना गरेको पत्रकार भेटभाटका क्रममा यस्तो बताएका हुन्।

उनले चुनावको लागी नेपाली सेना सहितका चारवटै सुरक्षा निकाय परिचालन भएको जानकारी दिए । उनले सुदूरपश्चिमका नौवटै जिल्लाका सुरक्षा समितिको निर्णय अनुसार नेपाली सेना परिचालन भइसकेको बताए।

Arus

‘सुदूरपश्चिमका नौवटै जिल्लामा ३० वटा कम्पनी अपरेडिङ बेस, प्लाटुन अपरेटिङ बेस र सेक्सन अपरेटिङ बेसहरू खडा गरी परिचालन गरिएका छन्। जिल्ला सुरक्षा समितिसँग समुन्वय भएर सुरक्षा योजना बनाइएको छ। २५० भन्दा बढी स्थानहरूमा ससाना टुकडीहरू खटिएर जनतालाई भयरहित रूपमा मताधिकार प्रयोग गर्नका लागि नेपाली सेना तयारी अवस्थामा छ। सुरक्षाको हिसाबले सबै मतदाताहरूलाई भयरहित रूपमा मतदानका लागि आग्रह गर्दछु’ पृतनापति थापाले भने।

Karnali Traders

मंसिर ४ गतेको आम निर्वाचनका लागि सरकारले चारवटै तहको सुरक्षा निकाय परिचालन गरेको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभाग गरी चारवटै सुरक्षा अंगहरू चुनावमा परिचालन गरिएका छन्। पृतनापति थापाले, सुदूरपश्चिम प्रदेशका संवेदनशील भनि जिल्ला सुरक्षा समितिले तोकेका स्थानमा हवाई गस्तीको पनि व्यवस्था गरिएको बताए।

पत्रकार भेटघाटका क्रममा सहायक रथी टंकप्रसाद भट्ट, प्रमुख सेनानी रबी केसी सहितका सेनाका अधिकारीको सहभागिता रहेको थियो। केही महिना चारवटा कमाण्ड प्रणालीमा गएको सेनाको संरचना गएको असोजदेखि फेरि पृतना प्रणालीमा आएको छ। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.