सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मङ्सिर ७ गतेभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना

Far weast coaching ad
71
Sana Kishan

आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ ।

चुनावको तयारीबारे जानकारी दिन आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव भएको तीन दिन अर्थात् मङ्सिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना रहेको बताउनुभयो । ंसबै मतपेटिका सङ्कलन भएको लगत्तैदेखि मतगणना सुरु हुनेछ’, उहाँले भन्नुभयो, ‘तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ ।’

Arus

मङ्सिर २२ गतेभित्र चुनावको सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउन चाहेको जनाउँदै उहाँले भन्नुभयो, ‘निर्वाचन प्रक्रियामा सबैको प्रतिबद्धता र सहयोग भएको खण्डमा त्यो सम्भव हुन्छ भन्नेमा आयोग ढुक्क छ ।’ अस्वाभाविकरूपले मतदान भएका केन्द्रलाई आयोगले विशेष सूचीमा राख्ने जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीन वटा सुरक्षा घेरा रहने व्यवस्था गरिएको बताउनुभयो ।

Karnali Traders

उहाँले कुनै केन्द्रमा अप्रिय घटना भएमा ३० मिनेटभित्र नेपाली सेना पुग्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिँदै उहाँले वारेसका आधारमा मतदान गर्ने प्रवृत्तिलाई निस्तेज तुल्याइने बताउनुभयो ।

यही मङ्सिर ४ गते देशभर एकै चरणमा हुने चुनावको सबै तयारी पूरा भएको आयोगले जनाएको छ । यस चुनावमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन् । यही मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका बालिग मतादाताले चुनावमा मतदान गर्न पाउने छन् ।

मतदानका लागि १० हजार आठ सय ९२ मतदान स्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । यस्तै एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट झन्डै चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.