सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पानी र बिजुली बेचेर पनि आर्थिक उन्नति हुने पञ्चेश्वर परियोजना अगाडि बढाइन्छ : शेरबहादुर देउवा

24
Sana Kishan

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको तल्लो स्वराड क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ । बैतडीको शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा लोकतान्त्रिक वाम गठबन्धनले आज बुधवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले तल्लो स्वराड क्षेत्रलाई जोड्ने पाटन–पञ्चेश्वर सडक खण्ड छिट्टै कालोपत्र हुने, उग्रतारा मेलौली सडक खण्डलाई पूर्णता दिने र पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अगाडि बढाउन भारतसँग समन्वय गर्ने पनि बताउनुभयो । उहाँले भारतीय प्रधानमन्त्री मोदी पनि पञ्चेश्वर परियोजना अगाडि बढाउने कुरामा सकारात्मक रहेकाले पानी र बिजुली बेचेर पनि नेपालको आर्थिक उन्नति हुने योजना अगाडि बढाइने उल्लेख गर्नुभयो । यो परियोजनाले तल्लो स्वराड क्षेत्रको विकासमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो ।

Arus
Karnali Traders

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भारतसँग सिमाना जोडिएको तल्लो स्वराडको महाकाली नदीमा पुल निर्माणको काम पनि अघि बढाउने आश्वासन दिनुभयो । महाकालीमा झोलुङ्गे पुल नहुँदा यस क्षेत्रका नागरिक जोखिम मोलेर डुङ्गाबाट आवजावत गरिरहेका बेला उहाँले यस्तो बताउनुभएको हो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.