सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मंसिर १ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. मंसिर १, २०७९ । ई.सं. १७ नोभेम्बर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ कछलागा । नल दक्षिणायन शरद । बिहीबार मार्ग कृष्णपक्ष । तिथि– नवमी, ३०ः१० बजे उप्रान्त दशमी । नक्षत्र– मघा, १९ः१४ बजे उप्रान्त पूर्वफाल्गुनी । योग– ऐन्द्र, २४ः१८ बजे उप्रान्त वैधृति । करण– तैतिल १७ः२९ बजेदेखि गर, ३०ः१० बजे उप्रान्त भद्रा । चन्द्रराशि सिंह । आनन्दादि योग मुसल । दिनमान २६।४५ । सूर्योदय ६ः२७ । सूर्यास्त १७ः०९ । मार्गशिर्ष संक्रान्ति ।

 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछ । सामाजिक क्षेत्रबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना प्रबल छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन हुनसक्छ ।

World Link Ads
Mahakali Polytechnic

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

Dirghayu Ads

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तसँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सांस्कृतिक काममा सरिक भइनेछ एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापारव्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ, तर कुनै कुराले मन खुसी हुने र साँझमा शुभ समाचार पाइनेछ ।

Sana Kishan

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा होला, तर सामान हराउन भने सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनसक्छ । जोशजाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला, स्वास्थ्य पनि बिग्रनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएको धन पाइन सक्छ । धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.