सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज कार्तिक ३० गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

पञ्चाङ्ग
वि.सं. कार्तिक ३०, २०७९ । ई.सं. १६ नोभेम्बर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ कछलागा । नल दक्षिणायन शरद । बुधबार मार्ग कृष्णपक्ष । तिथि– अष्टमी, २८ः४२ बजे उप्रान्त नवमी । नक्षत्र– अश्लेषा, १७ः०५ बजे उप्रान्त मघा । योग– ब्रह्म , २४ः१४ बजे उप्रान्त ऐन्द्र । करण– वालव १५ः४९ बजेदेखि कौलव, २८ः४२ बजे उप्रान्त वणिज । चन्द्रराशि कर्कट । आनन्दादि योग राक्षस । दिनमान २६।४८ । सूर्योदय ६ः२६ । सूर्यास्त १७ः०९ । साँझमा भैरवोत्पति, बुधाष्टमीव्रत, गोरखकालीपूजा, भैरव अष्टमी ।

 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला । जोशजाँगर र आत्मबलमा कमी आउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

World Link Ads
Mahakali Polytechnic

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँनौलो समाचार सुन्न पाइनेछ । सामाजिक काम र धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।

Dirghayu Ads

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।

Sana Kishan

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर अधुरा काम बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट खानेकुरा खान पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.