
निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घन्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बताएको छ । निर्वाचन हुनुभन्दा ४८ घन्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बैतडीका सहायक निर्वाचन अधिकृत तिर्थ राज अचार्यले बताए ।
मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसारसम्बन्धी सम्पूर्ण काम निषेध हुने उनले बताए । आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घन्टाअघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै उनले आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्तालाई यसबारे सचेत गराएको बताए ।

मतदानअघिका ४८ घन्टामा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताइएको छ । विगतमा आयोगले मौन अवधि तोक्ने गरेको, तर यस वर्ष भने मौन अवधि नरहेकाले र यस समयलाई स्थिर समयको रूपमा प्रयोग गर्नुपर्ने निर्वाचन कार्यालय जनाएको छ ।

कुनै पनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही हुने बताइएको । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आसन्न मंसिर ४ गते एकै चरणमा हुँदै छ । बेतडीमा आसन्न निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
बैतडीका उम्मेदवारहरुले चुनावी अभियान अन्तिमतिर पुर्याएका छन् । १ गते राती देखि मौन अवधि हुने भएपछि यहाँका उम्मेदवारले चुनावी अभियान अन्तिमतिर पुर्याका हुन् ।
मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि अलिहे उम्मेदवारहरु मतदातालाई रिझाएर विजयी हाशिल गर्न सबै प्रयास थालिरहेका छन् । बैतडीमा प्रतिनिध सभा सदस्यमा ३ स्वतन्त्र सहित ११ जना चुनावी मैदानमा छन् । यस्तै प्रदेश सभा क एक स्वतन्त्र सहित ६ जना र प्रदेश सभा ख मा ५ जना चुनावी मैदानमा रहेका छन् । सगुन खबर बाट सभार
