सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिने महिला सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

निर्वाचनमा बागलुङ जिल्लाभर खटिने ३ सय २८ जना महिला म्यादी प्रहरी र नेपाल प्रहरीलाई सोमबार प्राथमिक उपचार बक्स र स्यानिटरी प्याड वितरण गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको संयोजन र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड र नर्वदा टेड्रसको सहयोगमा जिल्लामा निर्वाचनको सुरक्षामा खटिएका ६७ महिला प्रहरी र २ सय ६१ म्यादी प्रहरीलाई एक÷एक थान स्यानीटरी प्याड वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञावलीले बताए।

World Link Ads

उनले प्राथमिक उपचारका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्री प्रहरी कार्यालय र स्यानीटरी प्याट सहकारी र टेड्रसले उपलब्ध गराएको बताए।

Sana Kishan

एसपी ज्ञावलीले जिल्लाको सबै निर्वाचन स्थलमा खटिएका महिला सुरक्षाकर्मीका लागि उक्त सामग्री हस्तान्तरण गरिएको बताए।

’सुरक्षामा खटिँदा महिला प्रहरीहरूलाई आदर्श सञ्चार सहकारी संस्था लिमिटेडकी अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)ले महिलाहरू निर्वाचनमा दुरदराजमा सुरक्षामा खटिएको समयमा महिला सुरक्षाकर्मीहरूलाई महिनावारी (रजस्वला) हुँदा हुनसक्ने समस्या समाधानका लागि स्यानिटरी प्याड सहयोग गरेको बताइन्।

उनले सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरीसँगको सहकार्यमा स्यानिटरी प्याड वितरण गरिएको बताइन्। अर्जुन कार्कीले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

 

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close