सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भूकम्पीय जोखिमबाट बच्न सावाधानी अपनाऔँ

केही दिनयतादेखि सुदुरपश्चिममा निरन्तर भूकम्पका पराकम्पन गइरहेका छन् । भूगर्वविद्ले पुनः भूकम्प आउनसक्ने भन्दै सचेत गराइरहेका छन् ।

नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्रमा पर्ने, त्यसमा पनि पश्चिमी क्षेत्रमा लामो समयदेखि ठुलो भूकम्प नगएकाले जोखिम धेरै रहेको हुनसक्ने भूगर्वविद्हरुले औँल्याइरहेका छन् । भूगर्वविदका अनुसार पश्चिमी क्षेत्रमा थुप्रिएको शक्ति अहिले गइरहेको स–साना भूकम्प वा परकम्पपछि तितरवितर हुन र नहुन सक्ने दुवै सम्भावना छ ।

भूकम्पको जोखिम उच्च नै रहेकाले सावधानी अपनाउनु आवश्यक छ । कमजोर संरचनाले ठूलो मानवीय र भौतिक क्षति हुनसक्छ । त्यसका लागि भूकम्प प्रतिरोधी संरचना बनाउनेजस्ता सतर्कता अपनाउनु आवश्यक छ । त्यस्तै गत शनिबार राति ८ बजेर १२ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

World Link Ads
Mahakali Polytechnic

बैतडी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका क्षेत्रमा गरिएको भूकम्पको धक्का ५ दशमलव १ म्याग्नुच्युट रहेको भूकम्प मापन केन्द्रले मापन गरेको छ । भूमापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु बझाङको पातादेवल रहेको थियो । भूकम्पले बझाङमा करिब सय घरमा क्षति पुगेको छ ।

Sana Kishan

अछाममा दर्जनौँ परिवार त्रासले बाहिर बसे । बैतडीमा भूकम्पबाट बच्नका लागि भाग्ने क्रममा एक जनाको मृत्यु भएको सार्वजनिक भएको छ । बझाङमा भूकम्प गएपछि प्रहरीले सुरक्षित बस्न माइकिङसमेत गरेको थियो । यसअघि गत बुधबार आएको भूकम्पमा परेर डोटीमा छ जनाले ज्यान गुमाएका थिए ।

भूकम्पले घर भत्किएपछि च्यापिएर पूर्वीचौकी गाउँपालिकाको गैरागाउँका छ जनाको मृत्यु हुनुका साथै केही घाइते भएका थिए । भूकम्पले घरका भित्ताहरु चर्किएपछि सुदूरपश्चिमका विभिन्न ठाउँमा दर्जनौँ परिवार विस्थापित भएका छन् । गत बुधबारयताको भूकम्पपछि दर्जनौँ पराकम्पनहरु गएका छन् ।

त्यसयता सुदूरपश्चिममा चार सयभन्दा बढी परकम्प गएको भूमापन केन्द्रले मापन गरेको छ । मङ्गलवारयता प्रदेशमा लगातारजसो परकम्प गइरहेको छ ।

मङ्गलवार राति डोटीमा ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको, ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.