नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमै अर्धशतक बनाएका छन् ।
आज सोमवार यूएईसँगको पहिलो एकदिवसीय क्रिकेटमा अर्जुनले अर्धशतक बनाएका हुन् । उनले ७० बलमा पाँच चौका प्रहार गर्दै ५१ रन बनाएर आउट भए । अर्जुन रोहन मुस्तफाको बलमा बोल्ड आउट भए ।

अर्जुन डेब्यु खेलमा अर्धशतक बनाउने तेस्रो खेलाडी बनेका छन् । यसअघि कुशल मल्ल र ज्ञानेन्द्र मल्लले डेब्युमा अर्धशतक बनाएका थिए ।

अहिले नेपालले यूएईले दिएको दुई सय ६४ रनको लक्ष्य पछ्याइरहेको छ । नेपाल र यूएईले तीन खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् । उज्यालो अनलाइन बाट सभार
