सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री कपको उपाधी एपीएफलाई

डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले प्रधानमन्त्री कपको उपाधी जितेको छ ।

सन् २०१८ को फाइनलमा पनि आर्मीलाई हराएको एपीएफको यो दोश्रो उपाधि हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा जितका लागि पाएको १८० रनको सामान्य लक्ष्य एपीएफले ३८.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

Sana Kishan

एपीएफलाई जिताउन भुवन कार्कीले ५५ तथा सुमित महर्जनले ३४ रन बनाए । ४ चौका र १ छक्का प्रहार गर्दै ५५ रन बनाएका भुवन विजयी रन लिने क्रममा रनआउट भएका थिए । आर्मीका जितेन्द्र मुखियाले २ तथा सोमपाल कामी, विक्रम सोब र सुसन भारीले समान १ विकेट लिए ।

World Link Ads
Mahakali Polytechnic

यसअघि विवादका कारण ढिलो गरी सुरु भएकाले ४० ओभरमा झारिएको खेलमा पहिला ब्याटिङ गरको आर्मीले ३९ ओभरमा अल आउट हुँदै १७९ रन बनाएको थियो । आर्मीका रोहित पौडेलले ४९ रन बनाए । टिमको स्कोर १३२ रन भएको अवस्थामा रोहित नवौं विकेटका रुपमा आउट भएका थिए । त्यसपछि अन्तिम विकेटका लागि सुशन भारी र जितेन्द्र मुखियाले ४८ रनको महत्वपूर्ण साझेदारी गरेर आर्मीलाई सम्मानजनकस्थितिमा पु¥याएका थिए । भारी १९ रनमा आउट भए भने मुखिया २४ रनमा नट आउट रहे । राजेश पुलामी १८ र कुशल मल्ल १६ रनमा आउट भए । एपीएफका अमर रौतेला र मौसम ढकालले समान ३ तथा किशोरी महतोले २ विकेट लिए । विजेता एपीएफले १० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.