सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालले जित्यो १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको उपाधि

43
Sana Kishan

बङ्गलादेशलाई हराउँदै नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिको जितेको छ । आज शुक्रवार ढाकामा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि सुशीला केसीले खेलको १४ औँ मिनेटमा गोल गरिन् । पहिलो हाफमा नेपाल एक–शून्यले रह्यो । तर खेलको ५४ औँ मिनेटमा रुमा अख्तेरले गोल गर्दै बङ्गलादेशलाई एक–एक गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलको ८९ औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी पाए पनि नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।

Arus
Karnali Traders

यो बराबरीसँगै नेपालले चार खेलमा १० अङ्क जोड्यो । अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले उपाधि जितेको हो । बङ्गलादेश चार खेलमा सात अङ्कसहित उपविजेता बन्यो ।

डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा भुटानलाई सात–शून्य, दोस्रो खेलमा बङ्गलादेशलाई एक–शून्य गोल अन्तरले हराएको थियो । अर्को खेलमा नेपालले भुटानलाई एक–शून्य गोल अन्तरले हराएको थियो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.