सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मंसिर ४ को चुनाव जनमत संग्रह जस्तै हो, संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्नुहोलाः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखाले विकास र समृद्धिको अभियानको पनि नेतृत्व गर्ने बताएका छन् । शुक्रबार गोरखाको सिरानचोक– ८ जौबारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखाले जनयुद्ध र शान्ति सम्झौताको नेतृत्व गरेको उल्लेख गर्दै अब विकास र समृद्धिको पनि नेतृत्व गर्ने बताएका हुन् । गोरखा–२ बाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका प्रचण्डले गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतालाई पूर्णता दिने यो अन्तिम अवसर भएको बताए ।

’गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर सुरु गरेको यो व्यवस्थालाई पनि र शान्तिलाई पनि अन्तिम अन्तिम टुंगो लगाउने अवसर यो हो’ प्रचण्डले भने, ’सबै पीडितहरूलाई परिपूरण भनेको(आर्थिक सहयोग दिने, परिवारको भरणपोषण, रोजगारी, शिक्षा दिक्षा दिने उनीहरूका नाममा विभिन्न स्थानमा स्तम्भहरू राज्यले नै बनाइदिने पार्कहरू राज्यले नै बनाउने भन्ने नीति पास भइसकेको छ । तपाईंहरूको पूरा सहयोग भयो भने यो कुरा फत्ते गर्न पनि ठूलो शक्ति प्राप्त हुन्छ ।’

Sana Kishan

द्वन्द्वपीडितहरूलाई भेदभाव नगरी समान व्यवहार गरिने प्रचण्डको भनाइ थियो । नेपाली कांग्रेससँग आफूहरूको राम्रो समझदारी बनिरहेको उनले बताए । ’द्वन्द्वपीडित सबैलाई यो ऊ नभनीकन समान रूपले सम्बोधन गर्नैपर्छ । म विस्तृत शान्ति सम्झौताको एउटा जीवित हस्ताक्षरकर्ता, दुई जनामध्ये गिरिजाप्रसाद कोइराला अहिले हुनुहुन्न’ प्रचण्डले भने, ’नेपाली कांग्रेसका अहिलेका नेता साथीहरूसँग, प्रधानमन्त्री शेरबहादुर देउवाजीसँग राम्रो समझदारी बनिरहेको छ, तपाईंहरूले देखिरहनु भएकै छ ।’

World Link Ads
Mahakali Polytechnic

उनले राजनीतिक स्थायीत्व र संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्न पनि आग्रह गरे । ’राजनीतिक स्थायीत्वको निम्ति, संविधानको रक्षाको निम्ति र विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्नको निम्ति तपाईंहरूले दिल खोलेर जसरी स्वागत गर्नुभयो, दिल खोलेर मतदान पनि गर्नुहोला’ प्रचण्डले भने, ’जितिहालिन्छ भनेर कसैले अल्छी नगर्नुहोला । गर्न नदिनुहोला ।’

आफू गोरखामा उम्मेदवार बनेर आउन पाउँदा खुसी भएको उनले बताए । गोरखाका जनताले हृदयदेखि नै आफूलाई दिल खोलेर स्वागत गरेको भन्दै प्रचण्डले धन्यवाद दिए । मंसिर ४ को निर्वाचन संविधान रक्षा गर्ने र संविधान नमान्नेहरूबीचको जनमत संग्रह जस्तै भएको प्रचण्डले बताउ । संविधानको रक्षा गर्ने र उपलब्धीको रक्षा गर्नेहरू एकातर्फ र त्यसलाई उल्ट्याउन चाहनेहरूले अर्कातर्फ उभिएको बताउँदै प्रचण्डले संविधानको रक्षाका लागि गठबन्धनलाई विजयी गराउन आग्रह गरे । जनसरोकार पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.