
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतदान प्रक्रियाका लागि निर्वाचन आयोगले सुदुरपश्चिममा २२ वटा अस्थायी मतदान केन्द्र तोकेको छ ।
आयोगले अस्थायी मतदाताहरूका लागि सुदुरपश्चिमका ९ वटै जिल्लामा अस्थायी मतदान केन्द्र तोकेको हो बताएको छ । आयोगले मतदान केन्द्र तोकेसँगै अस्थायी मतदाताले मतदान गर्न सक्ने संविधानमा भएको व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको छ ।


मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीले खटिएकै केन्द्रमा मतदान गर्न सक्नेछन् । अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था उल्लेख गरिएको छ ।
गोदावरी न्युज बाट सभार
