सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डिलाशैनीमा पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले पालिकास्तरीय अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता शुरु भएको छ । आजदेखि भलिबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ९ टीमको सहभागिता रहेकोे डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।

Sana Kishan

शुक्रबार एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्दघाटन गरिएको थियो । आज पहिलो दिन चार खेल सम्पन्न भएका रेफ्री दिलिपसिंह थलाले बताए । आज भएको पहिलो खेलमा मठैराजलाई हराउँदै पङसेरा विजयी भएको छ । यस्तै दोश्रो खेलमा सेटीगाउँ माविको टीमलाई सेटीगाउँ बहुमुखी क्याम्पसको टीमले हराएको छ । यस्तै आजै भएको तेश्रो खेलमा बगडीलाई हराउँदै पङसेरा विजयी भएको छ ।

World Link Ads
Mahakali Polytechnic

कार्तिक ६ गते सम्म प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ५० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र दिइनेछ भने दोश्रो हुने टीमलाई नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र दिइनेछ । यस्तै प्रतियोगितामा तृतीय हुने टीमलाई नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र दिइने बताइएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई बिशेष पुरस्कारको व्यवस्था गरिएको पालिकाले जनाएको छ ।सगुन खबर

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.