
कञ्चनपुर : २०६२÷०६३ को जनआन्दोलनमा अहम भूमिकामा रहेका नेकपा एमाले युवा नेता बचनबहादुर सिंह अहिले सुदूरपश्चिम प्रदेशको प्रदेशसभा सदस्यको दौडमा छन् । जनआन्दोलनका क्रममा सेनाको गोली लागेर ६ महिना उपचारका क्रममा ओछ्यानमा धन्किएका सिंह लामो समयदेखि नेकपा एमालेका सक्रिय राजनीतिमा अनवरत रुपमा लागेका छन् । पछिल्लो समय युवा संघ नेपालको केन्द्रीय अध्यक्ष पद सम्हाल्दा राष्ष्ट्रिय राजनीतिमा आफ्नो परिचय बनाएका सिंहले पार्टी र सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् ।
आसन्न मंसिर ४ गते प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमय माहोल बनेका बेला एमाले नेता सिंह घरदैलोका क्रममा सुकुम्बासी बस्तीदेखि यहाँका हरेक वडा टोलमा मत माग्न पुगिरहेका छन् । युवासंगै राष्ट्रिय रुपमै परिचय बनाएका सिंह एमालेबाट निर्वाचन क्षेत्र नं। २ को प्रदेशसभा ९क० बाट उम्मेदवार छन् ।

प्रतिद्धन्दीहरुको भीडमा अब्बल र बलियो उम्मेदवार रहेका सिंहसित पार्टी राजनीतिमा लामो समय विभिन्न पद तथा जिम्मेवारीमा रहेर काम गरिसकेको अनुभव छ । “ गोली लागेर ६ महिना उपचारपछि पार्टीको शसक्त जिम्मेवारीसहित आफ्नो कर्तव्यमा रहे ।” सिंहले भने–“ अब पार्टीसंगै सुदूरपश्चिम प्रदेशको विकासमा लाग्ने गरी निर्वाचनमा होमिदैछु ।”
कञ्चनपुर निर्वाचन क्षेत्र नं। २ को पीडा, समस्या र विकास निर्माणको अवस्था बुझेका सिंहले मतदाताहरुले युवा र काम गर्न सक्ने क्षमतावान जनप्रतिनिधी चुन्नेमा ढुक्क छन् ।“ चुनावको बेला धेरै आश्वासन दिनु छैन, उनले भने–“ मत दिएर काम गर्ने मौहाल दिनुहोस, समीक्षा त्यसपछि गरौला ।” जनताको जनजीवनमा फरकपनको आभाष दिने, दैनिक भोगिरहेका समस्याबाट मुक्त गराउन पहल गर्ने, समृद्ध नेपाल सुखी नेपालीको अभियानमा कञ्चनपुरलाई अब्बल बनाउने उनको दृढ संकल्प छ ।

एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका नेता सिंहले जनताको समस्यासँग जोडिएको मुद्दाहरु सुकुम्बासी, मुक्तकमैयाको अव्यवस्थित बसोबासी, आवास बिहीनका लागि आवास, आरक्ष पीडितको व्यवस्थापन र नदी कटान नियन्त्रण, तटबन्धन निर्माणलाई प्रमुख एजेण्डा बनाएर अघि बढेका छन् ।” निर्वाचनका बेला भुगोल, भेग र जातीय लगायतका नारा दिएर साघुरो घेरामा बस्दा यो भूमिको विकासमा असर गर्छ ।” उनले भने–“ हाम्रा भन्दा राम्रालाई मत दिऔं, विकास हुन्छ ।”
युवा बेरोजगारलाई स्वदेशमै रोजगार सिर्जना गर्न पर्यटन र व्यवसायिक कृषिमा जोड दिने, व्यवसायिक खेती गराउने, प्रदेशस्तरीय उद्योग खोल्न पहल गर्ने उनको योजना छ । खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माण पनि उनको प्राथमिकतामा छ । “दर्जनौं सुकुम्बासी, बाढी पीडित र मुक्त हलिया रहेको शिविरमा यहाँ अहिलेसम्म पीडादायी जीवन मतदाताले गुजारिरहेको पाए ।” उनले भने–“ पीडित बस्तीलाई आश्वासनमै सिमित राखेर घर पुग्ने कच्ची सडक समेत उनीहरुले पाएका छैनन् ।”
२०५० साल देखि देखि पार्टीको विद्यार्थी संगठनबाट राजनीतिमा सक्रिय सिंहले आफूसित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरको सम्वन्धलाई आफ्नो निर्वाचन क्षेत्रसित जोडर विकास गर्ने बताए । “यहाँ मुक्त कमैयादेखि सुकुम्बासी बस्तीलाई लक्षित गरेर साना तथा मझौला कृषि उद्योग सञ्चालन गरेर गाउँमै रोजगारी दिन सकन्छि ।” सिंहले भने–“ अहिले यहाँका विपन्न वर्ग रु ५ सय ज्यालाका लागि महेन्द्रनगर, धनगढी पुगेर पेट पाल्नुपर्ने बाध्यताबारे म जानकारी छु ।” विगतका आन्दोलनमा पटक÷पटक जेल जीवन समेत बिताएका सिंहले निर्वाचन क्षेत्रका सम्पदा संरक्षण, कला संस्कृतिको जर्गेना, स्थानीय उत्पादनलाई प्रोत्साहन लगायतका विषयमा आफू काम गर्ने बताए । सेतीकाली न्युज डटकम बाट सभार
