
कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र २(क) प्रादेशिक निर्वाचन क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चुनावमा होमिएका छन । मंगलबारदेखि निर्वाचन क्षेत्र २(क)मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चुनावमा होमिएका हुन । कष्णपुर नगरपालिका ७ शान्तिपुर गाँउबाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी प्रचारप्रसार अघि बढाएका छन ।
बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरका युवा नेता एव नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य सिके भट्टले क्षेत्र २(क)को कृष्णपुर ग्रामिण क्षेत्रबाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी प्रचारप्रसार जुटेको बताए ।


बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार एनपी साउद र प्रदेश सभा सदस्यका उम्मेदवार ओम बिक्रम भाट(सरल)ले संविधानको रक्षा, राजनीतिक स्थिरता र दिगो विकास सम्बृद्धिका लागि बाम लोकमतान्त्रिक गठबन्धनका उम्मेदबारलाई मतदिन आब्हान गरेका छन ।
