सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने, कुन प्रदेशमा कहिले ? यस्तो छ कार्यतालिका !

काठमाडौँ – सत्तारूढ गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ। बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको थियो।

सो निर्णयअनुसार कात्तिक ४ देखि ७ गतेसम्म विभिन्न सहरमा भेलाहरू हुने भएका छन्। कात्तिक ४ गते पोखरा र बुटवलमा गण्डकी र लुम्बिनी प्रदेशका भेला हुने छन् भने ५ गते विराटनगर र जनकपुरमा प्रदेश १ र मधेस प्रदेशका भेला हुनेछन्।

Sana Kishan

६ गते सुर्खेतमा कर्णाली प्रदेश र धनगढीमा सुदूरपश्चिम प्रदेशका भेला हुनेछन्। ७ गते काठमाडौंमा बागमती प्रदेशको भेला हुनेछ। ती भेलाको समन्वय गर्ने जिम्मा पनि सत्ता गठबन्धन दलले बाँडफाँट गरेका छन्। गण्डकी भेलाको समन्वय नेकपा (एकीकृत समाजवादी)ले गर्नेछ भने लुम्बिनी, प्रदेश–१, मधेस र कर्णालीको समन्वय कांग्रेस र सुदूरपश्चिम र बागमतीको माओवादी केन्द्रले गर्नेछन्। यी भेलाहरूमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनेछन्।उपहार खबर

World Link Ads
Mahakali Polytechnic

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.