सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाबाट प्रतिनिधि सभामा ९ जना प्रतिस्पर्धि, मुख्य प्रतिस्पर्धामा ‘हेवी वेट’ नेता बडू र ठगुन्ना

काठमाडौँ – प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९ प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धनबाट संघीय मन्त्री तथा कांग्रेसका प्रभावशाली नेता दिलेन्द्रप्रसाद बडू उम्मेदवार छन् ।

Sana Kishan

यस्तै नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना उम्मेदवार छन् । यस क्षेत्रमा बडू र ठगुन्ना मुख्य प्रतिस्पर्धि मानिएका छन् । दुबै नेता मन्त्री भइसकेका ‘हेवी वेट’ नेताको रुपमा चिनिन्छन् । ठगुन्ना सँग बडू २०७० सालमा पराजित भएका थिए भने २०६४ मा माओवादीका लक्ष्मण जोशीसँग बडू र ठगुन्ना दुबै पराजित भएका थिए । ०७४ मा बडू समानुपातिक निर्वाचन प्रणालीबाट संसदमा पुगेका थिए भने ठगुन्नाले काँग्रेसका विक्रम धामीलाई पराजित गर्दै संसदमा पुगेका थिए । यसपटकको निर्वाचनमा भने पुनः बडू र ठगुन्नाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो । बडूलाई सत्ता गठबन्धनमा रहेका दलहरुको साथ छ भने ठगुन्ना एक्लै निर्वाचनमा होमिएका छनु । मुख्य गरि माओवादी केन्द्रको साथले बडूलाई यस पटकको निर्वाचन जित्न सहज देखिएको छ ।

यस्तै राप्रपाले नरेन्द्रसिंह धामी, नेमकिपाले श्रीविश्वराज दुवाललाई उम्मेदवार बनाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले तारादत्त जोशी र राप्रपा नेपालले देवबहादुर बमलाई उम्मेदवार बनाएको छ । यहाँ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले रमेशराम लुहार, नेशनलिस्ट पिपल्स पार्टीले धर्मसिंह दयाली र राष्ट्रिय स्वतन्त्र पार्टीले रविन्द्रसिंह धामीलाई उम्मेदवार बनाएको छ । आगामी मंसिर ४ गते आम निर्वाचन हुदैछ । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.