
महेन्द्रनगर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षीत गरिने नेकपा एमालेले चुनावी तयारीलाई तिव्रताका साथ अघि बढाएको छ । पार्टीले कार्यकर्ता भेलादेखी मतदाता भेटघाटको कार्यक्रमलाई अघि बढाएको हो ।
कञ्चनपुर–३ मा पार्टीले निर्वाचन परिचालन कमिटी गठन गरि नेता कार्यकर्तालाई फिल्डमा खटाएको छ । भने उम्मेदवारहरुले पनि घरदैलो कार्यक्रम सुरु गरेको नेकपा एमाले कञ्चनपुरको कार्यालय सचिव अर्जुन कार्कीले बताए । उनका अनुसार क्षेत्रीय तथा नगर किमिटीहरुसँगको समन्वयमा घरदैलो कार्यक्रमलाई उम्मेदवारहरुले अगाडी बढाएका छन् ।
बिहिबार नेकपा एमाले कञ्चनपुर ईन्चार्ज तथा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार निरुदेवी पाल र जिल्ला कमिटी अध्यक्ष तथा ३९ख० का प्रदेश सभा उम्मेदवार सुरेन्द्र विष्टले दोधराचाँदनीमा घरदैलो भेटघाट सुरु गरेका हुन् । दोधराचाँदनीको सुन्दरनगरका स्थानीयसँग भेटघाट गरिएको हो । भेटघाटमा नेकपा एमालेका सुदुरपश्चिम सह– ईन्चार्ज राजेन्द्र सिंह रावललगायतका नेताहरुको सहभागी थिए । बिहिबार नै दोधराचाँदनीमा नगर स्तरिय कार्यकर्ता भेला आयोजना गरिएको छ ।

घरदैलो कार्यक्रममा एमाले उम्मेदवारलाई भोट हाल्न मतदाता उत्साहित भएको एमाले नेताहरु बताएका छन् । त्यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमाले बिहिबार नगर स्तरिय बैठक आयोजना गरेको छ ।

बैठकबाट वडा स्तरिय निर्वाचन परिचालन कमिटी गठन गरिने र वडाले टोलटोलमा कार्यकर्ता परिचालन गर्ने एमालेले जनाएको छ । टोलसम्मै निर्वाचन परिचालन कमिटी बनाएको घरदैलो कार्यक्रम सुरु गरिने एमाले क्षेत्रीय कमिटीले जनाएको छ ।
त्यस्तै बिहिबार नै निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले क्षेत्रीय कमिटिले बैठक आयोजना गरेको छ ।
बैठकले निर्वाचन परिचालनमा नेता कार्यकतालाई जिम्मेवारी दिने र विभिन्न परिचालन कमिटी गठन गर्ने पार्टीले जनाएको छ ।
