सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा कांग्रेसका ‘बागी’ उम्मेदवार चन्दले पाए ‘पुतली’, भण्डारीलाई पानीको धारा

63
Sana Kishan

बैतडी –बैतडीमा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका केशवबहादुर चन्दले चुनाव चिन्ह पुतली पाएका छन् । गठबन्धन अन्तर्गत संघको टिकट माओवादीको भागमा परेपछि बागी उम्मेदवारी दिएका चन्दले पुतली चुनाव चिन्ह पाएका हुन् ।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका चन्दले पार्टीको निर्णयलाई बेवास्ता गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निवाचन कार्यतालिका अनुसार आज उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो ।

Arus
Karnali Traders

यस्तै प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका त्रिलोकबहादुर चन्दले क्रस खुकुरी, मानसिंह बिष्टले सूर्यमुखी फूल चिन्ह प्राप्त गरेका छन् ।

यस्तै कांग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध ‘बागी’उठेका हरिमोहन भण्डारीले चुनाव चिन्ह पानीको धारा पाएका छन् । प्रदेश सभा सदस्य पदका लागि बैतडी क्षेत्र नं।९क०बाट उम्मेदवारी दिएका भण्डारीले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यो क्षेत्रमा कांग्रेसबाट पार्टी उपसभापति बीरबहादुर बिष्टले टिकट पाएका छन् । पार्टीको आधिकारिक उम्मेदवारको रुपमा बिष्ट चुनावी मैदानमा रहेपनि भण्डारीले पार्टीको निर्णय लत्याउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । सगुन खबर

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.