सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संविधान सभामा संगै काम गरेका लेखक र भट्ट डेढ दशकपछि एकै चुनावी मोर्चामा

78
Sana Kishan

कञ्चनपुर । डेढ दशक अघि संविधान सभामा संगै काम गरेका माओवादी नेता टेकेन्द्र प्रशाद भट्ट र काँग्रेस नेता रमेश लेखक अहिले एकै मोर्चाबाट चुनावमा होमिएका छन ।

काँग्रेस केन्द्रीय सदस्य लेखक र माओवादी केन्द्रीय सदस्य भट्टले ०६४ मा सम्पन्न भएको पहिलो संविधान सभामा संगै काम गरेका थिए । पहिलो संविधान सभा सदस्य निर्वाचनमा माओवादी नेता भट्ट काँग्रेस नेता लेखकले कञ्चनपुरबाट संगै संविधान सभामा काम गरेका थिए ।

Arus
Karnali Traders

माओवादी नेता भट्ट कञ्चनपुर क्षेत्र ३ बाट प्रत्यक्ष र काँग्रेस नेता लेखक क्षेत्र ४बाट समानुपातिक निर्वाचनमा निर्वाचित भएका थिए । डेढ दशकअघि अलग अलग पार्टीबाट संविधान सभामा प्रतिनिधित्व गरेका नेताद्वय लेखक र भट्ट अहिले एकै चुनाव मोर्चाबाट चुनावी मैदानमा होमिएका छन । ०६४ पछि ०७० र ०७४का दुई निर्वाचनमा अलग अलग पार्टी मोर्चाबाट चुनावमा होमिएका काँग्रेस नेता लेखक र माओवादी नेता भट्ट ०७९ आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा एकै मोर्चाबाट चुनावी मैदानमा होमिएका छन । सत्ता गठबन्धनका तर्फबाट क्षेत्र ३ प्रतिनिधी सभा सदस्य उम्मेदवारमा लेखक र ३

९क०प्रदेश सभा सदस्यबाट भट्ट एकै मोर्चाबाट एमाले–राप्रपा गठबन्धनलाई चुनौती बनेका छन । सत्ता गठबन्धनका उम्मेदवारद्वय लेखक र भट्ट बौद्धिक क्षेत्रका नेता हुन, उनीहरुलाई मतदाताले समेत बलिया रुपमा हेरेको छ । दुवै नेताले संगै एकै मोर्चाबाट चुनावमा होमिदा खुसी व्यक्त गरेका छन । क्षेत्र ३ मा सत्ता -काँग्रेस–माओवादी-गठबन्धन र सत्ता विपक्षी -एमाले–राप्रपा- विच चुनावी प्रतिस्पर्धा हुने भएको छ । जनसरोकार पोस्ट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.