सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देशभर प्रतिनिधिसभा तर्फ २,१२८ उम्मेदवारहरूले गराए उम्मेदवारी दर्ता

34
Sana Kishan

कञ्चनपुर:  निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि देशभर मनोनयनपत्र दर्ता गराएको उम्मेदवारको संख्या सार्वजनिक गरेको छ। आयोगका अनुसार प्रतिनिधि सभामा कुल २१२८ जनाले उम्मेदवारी दिएका छन्।

Karnali Traders

जसमा १९३७ जना पुरूष र १९१ जना महिला छन्। प्रदेश सभातर्फ २६०० पुरूष, २४४ महिला र एक जना अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ। आयोगले उम्मेदवारी दर्ता गर्न बिहान १० बजेदेखि ५ बजेसम्मको समय उपलब्ध गराएको थियो। अहिले सार्वजनिक गरेको विवरण पनि कतिपय जिल्ला र निर्वाचन क्षेत्रबाट सञ्चार सम्पर्कमा सहज नभएकाले यकिन विवरण आउन बाँकी रहेको आयोगले प्रष्ट्याएको छ। सात वटा प्रदेश सभामध्ये सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा छन्।

 

Arus

यस्तै सबैभन्दा कम उम्मेदवार कर्णाली प्रदेशमा छन्। प्रदेश १मा ४९४, मधेस प्रदेशमा ७६७, बागमती प्रदेशमा ६३५, गण्‍डकी प्रदेशमा २२८, लुम्बिनी प्रदेशमा ४३७, कर्णाली प्रदेशमा ८१ र सुदूरपश्चिम प्रदेशमा २०३ जना उम्मेदवारहरू छन्। आयोगले दर्ता भएका उम्मेदवारको सूची आजै निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्नेछ। सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरूद्ध उजुरी दिन सकिने तालिका छ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.