सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मोरङ ३ मा रेखा थापाको उम्मेदवारी दर्ता

43
Sana Kishan

सामाजिक अभियन्ता तथा राप्रपा नेता रेखा थापाले मोरङ संघीय निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएकी छन्।

आइतबार नेता थापाले सामाजिक संजालमार्फत उम्मेदवारी दर्ता गराएको सार्वजनिक गरेकी हुन्। उनले लेखेकी छन्, “मेरो राजनीतीक यात्रा समयको माग हो। आज मोरङका जनताको सेवाका लागिविगत ३० वर्षदेखि संसदमा पुगेका दलका नेताहरुले मोरङबासीका लागि गरेको काम हेर्दा समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर युवाले गरेको विद्रोह हो।

Arus
Karnali Traders

अब पनि हामी नबोले, आमीले आवाज नउठाए कसले उठाउछ ? देश बनाउन् कसम खाएका नेताहरुले देश त परै जावस आफ्नो समाजकोलागी सम्म पनि उत्तरदायी बन्न् किन सकेनन ? किन हामी मोरङवासी सधै देशको, राजनीतिको केन्द्रविन्दु हुँदाहुँदै पनि पछि परिेका छौ त ? यस्तै तमाम समस्याले गर्दा मैले मोर क्षेत्र नै ३ बसट युवा विद्रोहको रुपमा उमेद्वारी दिएकी छु। रंगमन्चको पर्दामा रेखा थापाको जुन खालको योगदान थियो। अब नेपाली समाजको, मोरङबासीको, आमाहरु अनि छोरीहरुका लागि विशेष योजनासहित काम गर्नेछु।

यस पटक पैसाले भोटकिन्ने प्रथाको अन्त्य गरौं। यस पटक जनतालाई झुट बोलेर सांसद बन्ने प्रथाको अन्य गरौं। छिट्टै मैले मेरा केही योजनाहरुसहित तपाईको विचमा आफुलाई उभ्याउने छु।

यस पटक मोरङले राजनीतिक उच्च चेतना प्रदशन गर्नेछ, मोरङबासी राजनीतिक दास होइनन्, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन, भनेर गतिलो जवाफ दिनेछन् भन्ने विश्वासकासाथ संसदीय इतिहाँसमा मोरङले परिर्वतनका लागि विद्रोह गदैछ। त्यो चेतनशील विद्रोहमामा सम्पुर्ण आमा बुबा दाजुभाई दिदिबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधै उच्च सम्मान गर्नेछु । मोरङबासीको जित सुनिश्चित छ।”

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.