सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली-४ बाट एमाले सचिव भट्टले गरे मनोनयन दर्ता

65
Sana Kishan

नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मनोनयन दर्ता गरेका छन्। आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर भट्टले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन्।
कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि उनले मनोनयन दर्ता गरेका हुन्। मनोनयन दर्ता गर्नु पूर्व भट्टले आफ्ना मामा ८६ वर्षिया दीर्घराज ओझाद्वारा माला लगाएर विजयको शुभकामना लिएका थिए। एमाले पार्टी कार्यालय गोदावरी–२ बनखेत अत्तरियामा आयोजित कार्यक्रममा ओझाले टीका माला लगाएर उनलाई शुभकामना दिएका थिए।
यस्तै उनको क्षेत्रमा प्रदेशसभा ९क० मा गौरीगंगा नगरपालिकाका पूर्व मेयर भिमबहादुर देउवा र प्रदेशसभा ९ख० मा गोदावरी नगरपालिकाका पूर्व मेयर हरीसिंह साउँदले मनोनयन दर्ता गराएका छन्। भट्ट पूर्व मन्त्री तथा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन्।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.