सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर क्षेत्र १ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वारा मनोनयन दर्ता

68
Sana Kishan

कञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले कञ्चनपुर क्षेत्र १मा मनोनयन दर्ता गराएका छन ।

आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सत्ताधारी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट संघ र प्रदेशमा उम्मेदवारी दर्ता गराएका हुन । क्षेत्र १मा संघ तर्फ माओवादी र प्रदेश तर्फ नेपाली काँग्रेसले पाएको छ ।

Arus

प्रतिनिधी सभा सदस्य उम्मेदवारमा यस अघि नै नेकपा माओवादीले पोलिट्ब्यूरो सदस्य तथा पुर्वखानेपानीमन्त्री बिना मगरलाई अघि सारेको थियो । माओवादी केन्द्रले समेत मगरकै नाममा टिकट दिने निर्णय गरेको छ ।

Karnali Traders

काँग्रेसले प्रदेश १९क०बाट बन्धु राना र १(ख)मा दिवान सिह विष्टलाई टिकट दिएको छ । संविधान सभा सदस्य समेत रहेका काँग्रेस नेता विष्ट संघमा एकल सिफारिस भएका थिए । विष्टलार्ई मुख्यमन्त्री दिने सर्तमा संघमा एकल सिफारिस भएपनि अन्तत प्रदेशका चुनाव लड्न तयार भएका छन । राना निवर्तमान काँग्रेस कञ्चनपुर उपसभापति हुन । बाम गठबन्धनका तीनै उम्मेदवारलाई बलियो रुपमा हेरिएको छ ।

०७०को दोस्रो संविधान सभा सदस्य र ०७४ को प्रतिनिधी सभा सदस्य निर्वाचन काँग्रेस नेता विष्ट र माओवादी नेतृ मगर प्रतिस्पर्धी थिए । ०७०मा काँग्रेस नेता विष्ट र ०७४मा मगर निर्वाचित भएका थिए । दुई पटकका निर्वाचनमा प्रतिस्पर्धी रहेका मगर र विष्ट यस पटक निर्वाचनमा एक अर्काका सहयोगी बनेर चुनावी मैदानमा उत्रिएका छन । गत ३० बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनले ४७ हजार ४३३ मत ल्याएका थिए । जनसरोकार पोस्ट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.