
कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका तर्फबाट पुर्वमन्त्री रमेश र सत्ता विपक्षी गठबन्धनका तर्फबाट निरुदेवी पालविच प्रतिस्पर्धा हुने भएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व भौतिकमन्त्री लेखकका मुख्य प्रतिस्पर्धी एमालेका पोलिट्ब्यूरो सदस्य एव निर्वतमान संसद पाल हुने भएका छन । उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट पुर्वमन्त्री लेखक र विपक्षी गठबन्धनका तर्फबाट पालविच प्रतिस्पर्धा हुने भएको हो ।

दुई ठुला राजनीतिक दल काँग्रेस, एमालेसंग अन्य चार÷चार दलले गठबन्धन गरेसंगै दुवै उम्मेदवारविच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट काँग्रेस, माओवादी केन्द्र, एकीकृकत समाजवादी, लोसपा, जनमोर्चा र विपक्षी गठबन्धनका तर्फबाट एमाले, जसपा, विपी काँग्रेस, कमल थापा र राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाविच चुनावी गठबन्धन भएको छ ।

०७४मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा काँग्रेसका उम्मेदवार रमेश लेखक झिनोमतले पराजित भएका थिए । लेखकले काँग्रेसका तर्फबाट एक्लै चुनावमा होमिदा २६ हजार १०६ र बाम गठबन्धनका तर्फबाट एमाले नेता डा। दिपक प्रकास भट्टले २६ हजार ३६४मतले निर्वाचित भएका थिए । दुई पालिका रहेको क्षेत्र ३ मा एक पालिका काँग्रेस र १ एमालेले जितेको छ । गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन अनुरुप सत्ता गठबन्धने
३८ हजार ४१६ मत र विपक्षी गठबन्धनले २३ हजार २७१ मत ल्याएका थिए । स्थानीय तहको निर्वाचनमा मतभार पाए अनुरुप सत्ता गठबन्धन क्षेत्र ३ मा बलियो देखिएको छ । लेखक दुई पटक निर्वाचित एक पटक पराजित र पाल पनि एक पटक पराजित भएकी थिईन ।
विपक्षी गठबन्धन कमजोर देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट प्रदेश ३९क० माओवादी नेता टेकेन्द्र प्रशाद भट्ट, ९ख०मा काँग्रेसकै बेल बहादुर राना उम्मेदवार भएका छन । भट्ट संविधान सभा सदस्य हुन । राना यस अघि ०७४को निर्वाचनमा बाम गठबन्धनसंग झिनोमतले पराजित भएकान थिए । विपक्षी गठबन्धनका तर्फबाट ३९क०मा राप्रपाका नेता धर्मराज जोशी र ३९ख०मा एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट चुनावी मैदानमा उत्रिएका छन । क्षेत्र ३मा ९७हजार ८२२मतदाता रहेका छन । जनसरोकार पोस्टमा खबर छ ।
