
डडेल्धुरा : डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारी दिने भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा समाजवादीले भाग नपाएपछि बागी उम्मेदवारी दिने तयारी गरेको हो । एक प्रतिनिधिसभा रहेको डडेल्धुरामा नेकपा एसले प्रदेशसभा २ माग गरेको थियो
सिफारिस

अघिल्लो पटक झिनो मतान्तरले कांग्रेस उम्मेदवार कर्ण मल्लसँग पराजित तत्कालीन एमालेले जिल्ला अध्यक्ष डा।तारादत्त जोशीको लागि प्रदेशसभा दाबी गरिएको थियो । अहिले उक्त क्षेत्र कांग्रेसको भागमा र अर्को क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ । आफ्नो सशक्त दाबी हुँदा पनि भाग नपरेपछि दुवै प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने तयारी भइरहेको जिल्ला अध्यक्ष कवीन्द्र विष्टले बताए । दिनेश खबरबाट सभार
https://youtu.be/0f4KR4HMOSM

