सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

घनश्याम भुसालले गरे एमाले पार्टी परित्याग, रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारीको तयारी

55
Sana Kishan

कञ्चनपुर– घनश्याम भुसालले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । एमालेका स्थायी कमिटी सदस्य समेत रहेका भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेको तर्फबाट रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि रुष्ट रहेका नेता भुषालले एमालेमा नरहने घोषणा गरेका हुन् ।

उनले भनेका छन् “एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमानदार रहन नसकिने भएपछि पार्टीमा नरहने निष्कर्षमा पुगेको हुँ”

Arus
Karnali Traders

उनले शनिबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा संघर्ष गर्दै आएको कुरा सर्वविदित नै छ। तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।’

भुसालले भनेका छन्, ‘नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिस्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो। तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती ग¥यो। त्यसपछि पार्टी संस्थागत रूपले गुटबन्दीको मैदान बन्दै गयो।’
साथै उनी स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारीमा छन् । तर रुपन्देही १ मा माओवादीले उनको लागि ठाउँ छाडिदिएको बुझिएको छ ।उपहार खबर बाट सभार

view-source:https://www.facebook.com/bhusalmanigram/posts/8358598090831930

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.