
महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुर र राप्रपाले कञ्चनपुरमा चुनावी तालमेलको सहमति गरेका छन् ।
कञ्चनपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३९१० मा एमालेले राप्रपालाई सघाउने र अन्य क्षेत्रमा राप्रपाले एमालेलाई सघाउने सहमति भएको छ ।


सहमति पत्रमा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट र राप्रपा अध्यक्ष गजेन्द्र चन्दले हस्ताक्षर गरेका छन् भने एमाले पोलिटब्यूरो सदस्य राजेन्द्र रावल र निरूदेवी पाल, केन्द्रीय लेखा आयोग सदस्य इश्वरीप्रसाद खरेल, राप्रपाका केन्द्रीय सदस्य हिक्मतसिंह भण्डारी, तिर्थराज चटौत, प्रदेश अध्यक्ष धर्मराज जोशी, उपाध्यक्ष हिरासिंह बोहरा रोहबरमा बसेका छन् । यो खबर अभियान दैनिकमा छ ।
