सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पूर्वउपाध्यक्ष भीम रावललाई एमालेले दिएन टिकट

46
Sana Kishan

कञ्चनपुर— अछाम १ बाट सर्वसम्मत रुपमा सिफारिस भएका पूर्वउपाध्यक्ष भीम रावललाई नेकपा एमालेले प्रतिनिधिसभाको टिकट नदिने भएको छ । निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बनाउनका लागि प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटी र अछाम जिल्ला कमिटीले रावलको नाम एकल सिफारिस गरेर पठाएको थियो । रावलको स्थानमा एमालेले झपट बोहोरालाई टिकट दिएको छ ।

बोहोरा माओवादी केन्द्रबाट एमालेमा आएका नेता हुन् । सुदूरपश्चिम प्रदेशसभाका सांसद रहेका बोहोरा प्रदेश सरकारको अर्थमन्त्री रहेका थिए ।२०७७ फागुन २३ मा नेकपा एकता प्रक्रिया खारेज गर्ने भएकालेको निर्णयपछि माओवादी केन्द्रमा नफर्की बोहोरा एमाले बसेपछि पार्टीले सांसद सदस्यबाट हटाएको थियो ।

Arus
Karnali Traders

१० बुँदे सहमतिपछि एमालेको रहेका रावलले मंसिरमा भएको एमालेका १० औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धा गरेका थिए । रावलको भूमिकालाई लिएर ओली असन्तुष्ट रहँदै आएका थिए ।

अछामको नेताहरुसँग भेटमा पनि अध्यक्ष ओलीले रावलको एकल नाम सिफारिसबारे उम्मेदवारीको विषयमा चासो राखेका थिए । रावलले २०५१, २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा अछाम १ बाट निर्वाचित भएका थिए । रावल पछिल्लो समयमा ओलीको आलोचकका रुपमा रहेका थिए । कान्तिपुर पोस्टबाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.