कञ्चनपुर क्षेत्र २मा एमाले टिकट वितरण चरम विवाद शनिबार पाण्डे हमाल नेताद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

कञ्चनपुर । नेकपा एमालेले राष्ट्रिय प्रजातान्त्रिक पार्टी९राप्रपा०सग गठबन्धन गरेर आगामी निर्वाचनमा भाग लिने भएको छ ।

राजतन्त्र फर्काउनुपर्ने एजेण्डा बोकेको राप्रपासंग गणतन्त्रको पक्षधर एमालेले चुनावी गठबन्धन गरेर ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा सहभागि हुने भएको छ ।
टिकट वितरणमा एमाले सुदूरपश्चिम कञ्चनपुर सहितका विभिन्न निर्वाचन क्षेत्रमा चरम विवाद देखिएको छ । अछाम क्षेत्र १ बाट एमाले जिल्लाले संघ तर्फका लागि नेता भीम रावलको एकल सिफारिस गरेपनि ओली निकट झपट बोहराले टिकट पाएपछि एमाले सुदूरपश्चिमले रावलमाथि घात भएको भन्दै नेतृत्व बिरुद्धमा देखिएका छन । टिकट विवादमा क्षेत्र २मा पनि देखिएको छ । एमाले नेताद्वय टेक हमाल र जयराज पाण्डेले शनिबार दिउँसो झलारीमा पत्रकार सम्मेलन गरेर स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने नेताहरुले बताएका छन । एमालेमा सधै एकै व्यक्ति पहुँच हुनेले पाउने भन्दै

कञ्चनपुरमा समेत एमाले टिकट वितरणमा घात भएको भन्दै तिव्र असन्तुष्टी प्रकट भईरहेको छ । कञ्चनपुर सबैभन्दा बढि क्षेत्र १मा विवाद उत्पन्न भएको छ । क्षेत्र नम्बर १बाट संघ तर्फ बिर ब। थापा९पातल०, खेम सुवेदी र तारालामा तामाङ्गको सिफारिस भएको थियो । ‘खेम सुुवेदी पटक पटक सिफारिसमा पर्ने तर, टिकट नपाउने नेता मध्ये हुन, ‘एक एमाले नेताले भने, ‘यस पटक पनि खेम सुवेदी नेतामाथि घात भयो ।’ पार्टी फुट्दा समेत मुल पार्टीकै कित्तामा उभिने सुवेदीमाथि पार्टीको आन्तरिक जिवन र बाह्य जिवनमाथि नै घात भएको एमाले नेताहरु बताउँछन ।
एमाले र माओवादी एकीकरण भएर नेकपा हुँदा र पछि नेकपाबाट एमाले, माओवादी अलग हुँदा शतिसाल झै उभिएका बीर बहादुर थापा९पातल०माथि पनि घात भएको एमाले नेता बताउँछन । दक्षिण क्षेत्रका एमाले नेताहरुले भदौँ १५मा समाजवादीबाट एमाले प्रवेस गरेका एक महिनामै तारालामा तामाङ्गलाई टिकट दिएको भन्दै पार्टी परित्यागदेखि पार्टी छाड्ने चेतावनी दिईरहेका छन । एमाले क्षेत्र नम्बर १मा टिकट वितरणकै दिनदेखि विवाद, तिव्र असन्तुष्टी व्यक्त भईरहेको छ । पदका लागि पार्टी परिर्वतन गर्नेलाई पुन टिकट दिएको भन्दै केही एमाले नेता कार्यकर्ताहरुले पार्टी परित्यागदेखि स्वतन्त्र उम्मेदवार भएर चुनावमा होमिने बताईरहेका छन । एमालेले तामाङ्गलाई संघ र पातलाई प्रदेशमा टिकट दिएको छ । समाजवादीबाट बहालवाला राज्यमन्त्री रहेका कुलबिर चौधरीलाई समेत एमाले प्रवेस गर्दा टिकट दिने आश्वासन दिएपनि अहिले टिकटबाट बञ्चित गराएको भन्दै एमाले केही नेताहरुले मन्त्री छाड्नु ठुलो भुल भएको टिकाटिप्पणी गरिरहेका छन ।
एमालेले संघ तर्फ तामाङ्ग, प्रदेश तर्फ पातल र पल्लवराज भट्ट, २मा संघ तर्फ नर ब। धामी, प्रदेश तर्फ बचन सिह, कृपराम राना, ३संघ तर्फ निरुदेवी पाल, प्रदेश ३मा सुरेन्द्र विष्ट र ९क०मा राप्रपालाई दिने तयारी छ । जनसरोकार पोस्ट दैनिक
