सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमालेमा रावल र भुषालले टिकट पाएनन्, पार्टीमा योगदान नै नभएका खनाललाई चिठ्ठा

77
Sana Kishan

कञ्चनपुर– नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ६ मा सर्वेन्द्रनाथ खनाललाई टिकट दिएको छ।

पूर्व प्रहरी महानिरीक्षक खनाल हालै नेकपा एमाले प्रवेश गरेका हुन्। उनी एमालेबाट उठ्न लागेको काठमाडौं( ६ बाट अघिल्लो दुई निर्वाचन नेपाली कांग्रेसका भीमसेनदास श्रेष्ठले जितेका थिए। उनी रक्षामन्त्रीसमेत भए। अघिल्लोचोटि संसदीय निर्वाचनमा श्रेष्ठले एमाले र माओवादी गठबन्धनका उम्मेदवार झक्कू सुवेदीलाई हराएका हुन्।

Arus
Karnali Traders

२०७४ भन्दा अगाडि यही निर्वाचन क्षेत्रबाट नेकपा एमालेका योगेश भट्टराई दुईचोटि पराजित भएका थिए। यसैगरी नेकपा एमालेले सूर्य थापालाई प्युठानबाट प्रतिनिधिसभा उम्मेदवारको टिकट दिएको छ। थापा एमालेका प्युठान इन्चार्जसमेत हुन्। प्रधानमन्त्री केपी ओलीको दोस्रो कार्यकालमा थापा उनका प्रेस सल्लाहकार थिए।

त्यस्तै एमालेले योगेश भट्टराईलाई ताप्लेजुङबाट टिकट दिएको छ भने कृष्णभक्त पोखरेललाई चितवन क्षेत्र नम्बर २ बाट दिएको छ। चितवन क्षेत्र नम्बर १ का सुरेन्द्र पाण्डेले भने अहिलेसम्म टिकट पाउने वा नपाउने भन्ने टुंगो नभएको स्रोतले जनाएको छ।

भीम रावल र घनश्याम भुसालले भने टिकट नपाउने पक्का भएको छ। एमालेनिकट स्रोतका अनुसार भुसालको निर्वाचन क्षेत्र रूपन्देही ३ मा राप्रपाका दिपक बोहोराले टिकट पाएका छन्। यो क्षेत्रमा एमालेले राप्रपालाई सघाउनेछ। त्यस्तै अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका रावलको साटो माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाउने भएका छन्।उपहार खबर

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.