
कञ्चनपुर : समाजिक अभियान्त तथा राष्ट्रिय स्वतन्त्र पार्टिका सुदूरपश्चिम प्रदेश सचिव भोजराज जोशी (क्वालीटि)ले उम्मेदवारी दिन नपाउने भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उनले उम्मेदवारी दिन नपाउने भएका हुन् । उनले निर्वाचनमा उम्मेदवारीका लागि आफ्नो उमेर २० दिनले कम भएको बताएका छन् । उनको जन्म २०५४ मंसिर २४ गते भएको र २० दिनको फरकले उम्मेदवारी दिन नपाउने भएपछि उनका समर्थकमा निराशा छाएको बताइएको छ ।
