सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेस बैठक स् स्थानीय तहका उम्मेदवारलाई टिकट नदिने निर्णय

48
Sana Kishan

काठमाडौं– कांग्रेसले स्थानीय तहका उम्मेदवारलाई आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा टिकट नदिने निर्णय गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फका उम्मेदवारको चयनका लागि मापदण्ड तय गरेको छ ।

Arus
Karnali Traders

‘उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, सामाजिक भुमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाइनेछ,’ बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, ‘ हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको उम्मेदवार नबनाउने ।’

असोज ३ मा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीमा आइतबार केही नाम हेरफेरपछि प्रत्यक्षतर्फका उम्मेदवार चयनको तयारीका लागि बैठक बसेको हो ।

बैठकले स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवस निष्क्रिय बसेका पार्टीका सदस्यलाई मंसीर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सकृय भएर पार्टीको विजय अभियानमा सहभागी हुन अपील गरेको छ । आगामी निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन ब्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारवाहीको प्रकृयालाई टुंगो गर्ने कांग्रेसले निर्णय गरेको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.