कञ्चनपुर : धनगढीमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । उपमहानगरपालिकाको वडा नम्बर–१३ लाई कञ्चनपुरको राजघाटसँग जोड्ने मोहना नदीको झोलुङ्गे पुलबाट खसेर उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पुलबाट खसेर धनगढी–१३ बस्ने ६० वर्षीय फुलराम डगौराको मृत्यु भएको हो । आइतबार दिउँसो पुलबाट खसेका उनको स्थानीयले उद्दार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
