सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको बेलौरी नगरपालिकामा क्रिकेट प्रतियोगिता सञ्चालन

उद्घाटन खेलमा कालिका युवा समाज खैरीघाटको जित

कञ्चनपुर :कञ्चनपुरको बेलौरीमा क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको छ । बेलौरी नगरपालिका वडा नम्बर १० भुडामा बुधबारदेखि ’सिद्देश्वर जय पृथ्वी कप २०७९’ टि ट्वाइन्टी क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको हो । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले ब्याटिङ र वडा नम्बर १० का वडाध्यक्ष सोमलाल चौधरीले बलिङ गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयो । सोही क्रममा प्रमुख अतिथि समेत रहनु भएका बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद गतिविधि समेत नगरको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । बुधबारबाट सुरु भएको प्रतियोगिता असोज २३ गते समापन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक सहित २४ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले नगद रु.३३ हजार ३ सय ३३ र उपविजेता टिमले नगद रु. २३ हजार ३ सय ३३ का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Sana Kishan

उद्घाटनसँगै बुधबारका दिन कालिका युवा समाज खैरीघाट र प्रगति एकता समाज सिद्धचोकका बिच खेल भएको छ । उद्घाटन खेलमा कालिका युवा समाज खैरीघाटले प्रगति एकता समाज सिद्धचोकलाई ४२ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको खैरीघाटले सिद्धचोकलाइ १२१ रनको लक्ष्य दिएको थियो । लक्ष्य पूरा गर्ने क्रममा सिद्धचोक १४.५ ओभरमा ७९ रनमै अलआउट भयो । बुधबारको खेलमा खैरीघाटका सुशील सोती ’म्यान अफ दि म्याच’ घोषित हुनु भएको छ । सोतीले आफ्नो टिमका लागि ४० रनको योगदान गर्नु भएको थियो । प्रतियोगितामा बिहीबारदेखि दैनिक दुई दुई खेल खेलाइने आयोजकले जनाएको छ । बिहीबारको पहिलो खेल बेलडाँडी गाउँपालिका र बेलौरी क्रिकेट एकेडेमीका बिच हुनेछ भने दोस्रो खेल आयोजक ’सी ’ र रोयल यूथ क्लब खैरीघाटका बिच हुने क्लबलाई उद्धृत गर्दै स्थलगत रिपोर्टिङमा खटिनु भएका पत्रकार सन्तोष पन्तले जानकारी दिनुभएको छ । नेपालबोध डटकमबाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.