सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिहीबारदेखि बेदकोट नगरपालिकाको हात्तीथलामा किकेट प्रतियोगिता हुने

कञ्चनपुर । बिहीबारदेखि कञ्चनपुरको बेदकोट नगरपालिका हात्तीथलामा किकेट प्रतियोगिता हुने भएको छ । आर्दश युवा समाजको आयोजना एव बेदकोट नगरपालिका र १ नम्बर वडाको सहयोगमा किकेट प्रतियोगिता आयोजना गरिएको हो ।

बेदकोट नगर हात्तिथलाको गौडी खेल मैदानमा बिहानदेखि प्रतियोगिता संचालन हुनेछ । आर्दश युवा समाजका अध्यक्ष ज्ञानेश्वर प्रशाद जोशीले बेदकोट नगरको किकेट विकास र प्रतियोगिताबाट खेलटिम छनौटका लागि आयोजना गरिएको बताए । अध्यक्ष जोशीका अनुसार बुधबारसम्मका १० टिम दर्ता भएका छन ।

Sana Kishan

‘हामीले सबै वडाहरुमा सहभागिताका लागि आमन्त्रण गरिसकेका छौँ, ‘उनले भने, ‘हालसम्म १० टिम आएका छन, बाँकी पनि आउने अपेक्षा छ ।’ बिजेतालाई १ लाख १सय र उपविजेतालाई ५० हजार ५०रुपैँया नगदका साथै ट्रफि, शिल्ड पुरस्कार वितरण गरिनेछ ।

World Link Ads
Mahakali Polytechnic

नगर प्रमुख भोज बोहरा, उपप्रमुख तुलसी जोशी, वडाध्यक्ष रमेश सिह भण्डारी सहितका जनप्रतिनिधीलाई आमन्त्रण गरिएको छ । आर्दश युवा समाजका मुख्य व्यवस्थापक दल बहादुर धामी(अबिरल)ले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए ।

उनले आवश्यक सबै तयारी भईसकेको बताउदै, प्रतियोगिताबाट बेदकोट नगरको किकेट विकासमा टेवा पुग्ने बताए । टिभीमा क्रिकेट हेर्दै आएका दर्शकका लागि गाँउमै प्रतियोगिता आयोजना गर्न थालेपछि स्थानीय समेत उत्साहित भएका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.