
कञ्चनपुर : दार्चुलामा ढुवानी बन्द हुँदा बालबालिकाले पौष्टिक आहार पाउन समस्या भएको छ । दार्चुलाको उत्तरी भेगमा पर्ने दुहु र व्यास जोड्ने टिंकर सडक अझै सुचारु नभएको हो । ढुवानी रोकिएपछि दुहु र व्यासका २७ सय बालबालिकाले पौष्टिक आहार पाएका छैनन् ।

पहिरो र बाढीका कारण सडक बन्द भएपछि असारयता विद्यालयका बालबालिकालाई दिइने पौष्टिक आहार ढुवानी हुन नसकेको हो । विभिन्न दैनिक उपभोग्यवस्तु ढुवानी हुन सकेको छैन । व्यास र दुहु गाउँपालिकाका ४३ विद्यालयका दुई हजार ७ सय बालबालिकाले दिउँसोको खाजा खान पाएका छैनन् । सडक सञ्चालनमा ल्याउने कार्य भइरहेको स्यानीय प्रशासनले बताएको छ ।

