सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको डिलाशैनीमा सहिद परिवारलाई भत्ता दिन सुरु

Far weast coaching ad
133
Sana Kishan

कञ्चनपुर : बैतडीको डिलाशैनी गाउँपालिकामा सहिद परिवारलाई भत्ता दिन सुरु गरिएको छ। गाउँपालिकाका सहिद परिवारलाई सहिद सम्मान कार्यक्रम अन्तर्गत भत्ता दिन सुरु गरिएको बताइएको छ। मासिक ३ हजारका दरले भत्ता दिने कार्यक्रम स्वीकृत भएअनुसार भत्ता उपलब्ध गराउन थालिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए।

Karnali Traders

उनका अनुसार गाउँपालिकामा जनयुद्ध तथा अन्य आन्दोलनका क्रममा सहिद भएका १६ जनाका परिवारलाई भत्ता उपलब्ध गराइनेछ। परिवर्तनका लागि आफ्नो प्राणको आहुती दिने सहिदका आश्रित परिवारलाई जीवन धान्न सहज होस् भनी सहिद सम्मान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए।

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.