सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेस कार्यालयमा शेखर पक्षका नेताहरु धर्नामा

Far weast coaching ad
89
Sana Kishan

काठमाडौं । टिकट वितरणमा अन्याय भएको भन्दै नेपाली कांग्रेसको डा। शेखर कोइराला पक्ष पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् । पार्टी कार्यालय अगाडि मौन धर्नामा बसेका उनीहरुले एक घण्टासम्म बस्ने बताएका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु धर्नामा बसेका छन् ।

Arus
Karnali Traders

धर्नामा शेखर कोइराला र उनका पक्षका शीर्ष नेताहरु भने सहभागी छैनन् । सभापति शेरबहादुर देउवा पक्षले टिकट वितरणमा अन्याय गरेको भन्दै शेखर पक्ष आन्दोलनमा उत्रिएको हो । उनीहरुले आफूहरुको धर्ना समान अवसर र न्यायका निम्ति भनेका छन् । अनलाईन खबरबाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.